पत्रकार कृष्णमणि बराल उत्कृष्ट टान पत्रकार अवार्डबाट बुधवार पोखरामा सम्मानित भएका छन् ।
ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६औं साधारणसभामा बराल सम्मानित भएका हुन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सम्मान पत्र र नगद १० हजार सहित सम्मान गरेका थिए ।
अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत बरालले नयाँ पर्यटकीय गन्तब्यको समाचार सम्प्रेषण गरि पदयात्रा पर्यटनको विकासमा योगदान दिएको भन्दै सम्मान गरिएको हो ।
कार्यक्रममा उत्कृष्ट पथप्रदर्शक सुनीता गुरुङ, सगरमाथा आरोही गोपाल श्रेष्ठ, नेपालको पहिलो सगरमाथा उचाई मापन टोलीका प्राविधिक टोलीको नेतृत्व गरेको प्रमुख नापी अधिकृत खिमलाल गौतम लगायतलाई पनि सम्मान गरिएको थियो ।






