शेरबहादुर देउवालाई ‘सूर्य’ ले नछोडेपछि….

बुधबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले चियापान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो जमघट थियो ।

दिउसो १२ बजेदेखि ३ बजेसम्म नेता कार्यकर्ताका लागि चियापानको व्यवस्था गरिएको थियो । ३ बजेपछि भने विभिन्न दलका नेता र कुटनीतिक नियोगका अधिकारीहरु कार्यक्रममा सहभागी भई नेकपाका नेताहरुलाई भेटघाटमा व्यस्त थिए ।

 दिउँसो ३ बजेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि कार्यक्रममा सहभागी भए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको छेउमा बसेर चिया पिए ।

मञ्चमा बस्दा देउवाको मुहारमा घामको प्रकाश पर्यो । त्यसपछि देउवाले तपाईको चुनाव चिन्ह सिधै मुहारमा प¥यो भनेर प्रधानमन्त्री ओलीसँग ठट्टा गरे ।

दुई नेताले चिया पिउँदैं एकछिन ठट्टा समेत गरे । यसरी मुहारमा घाम परेपछि प्रधानमन्त्री ओलीले घाम छेकिदिन सुरक्षाकर्मीलाई आग्रह गरेका थिए ।