गुल्मी कारागारमा कर्मचारी अभावका कारण समस्या

गुल्मी कारागारमा कर्मचारी अभाव भएको छ । कारागारको दरबन्दी १० जनाको भए पनि अहिले दुई जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । कूल सङ्ख्याको २० प्रतिशत मात्र हो ।

कारागारमा बाँकी ८० प्रतिशत कर्मचारी नै छैनन् । कारागारमा एक कार्यालय प्रमुख, एक सुब्बा, एक खरीदार, एक सहलेखापाल, एक अहेव, एक कम्प्युटर अपरेटर तथा चार कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ । तर अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र कारागारमा रहेको कम्प्युटर अपरेटर तथा सूचना अधिकारी प्रभात मल्लीकले बताएका छन् ।

कारागार उद्यमशिलताका दृष्टीले समेत अब्बल भएकाले उनीहरुलाई आवश्यक सामग्रीहरुको उपलब्धता र बिक्री वितरणमा पनि कर्मचारी नभएका कारण मुस्किल परेको बताइएको छ ।