नुवाकोटको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट बालकको मृत्यु भएको हो ।
बसले तारकेश्वर गाउँपालिका–५ भन्ज्याङथोकको ७ वर्षीय बालकलाई बुधबार दिउँसो ठक्कर दिएको थियो । बस तीब्र गतिमा भएको कारणले दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ ।
बालकको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गर्नुका साथै बट्टार बजारको स्थिति तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।






