धानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले मन्त्रिपरिषद् जुनसुकै बेला फेरबदल हुने संकेत गरेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि मन्त्रिपरिषद् हेरफेरको तयारी थालेको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, “पार्टी अध्यक्षद्वय दिनहुँ छलफलमा हुनुहुन्छ । सरकारको कामलाई प्रभावकारी बनाउनेमै उहाँहरूको छलफल केन्द्रित छ । मन्त्रिपरिषद् हेरफेरको प्रक्रिया सुरू भइसकेको छ । जुनुसुकै बेला परिवर्तन हुन सक्छ ।”
व्यक्तिकाबारेमा भने टुङ्गो लागि नसकेको स्रोतको भनाइ छ । स्रोतका अनुसार मन्त्री हेरफेर गर्न पार्टी अध्यक्ष प्रचण्डले निकै जोड दिँदै आएका छन् ।
२०७४ फागुन ३ गते मन्त्रिमण्डल गठन भएको थियो । त्यसको केही समयपछि मन्त्री हेरफेरको चर्चा चल्ने गरेको भए पनि अध्यक्ष ओलीले टार्दै आएका थिए ।






