गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनको २४ औं वार्षिक उत्सवको अवसरमा वात्स्यायन वृद्धाश्रममा आर्थिक सहयोग गरेको छ ।
वृद्धाश्रमको आवश्य पूर्वाधारका लागि नगद २४ हजार ५ सय र फलफुल एशोसियसनका अध्यक्ष सानुमान जलारीले वृद्धाश्रमका व्यवस्थापकलाई हस्तानतरण गरेका हुन् ।
कार्यक्रममा पूर्व अध्यक्ष चन्द्रजङ्ग थापाले मेकानिक्सलाई आवश्यक क्षमता अभिवृद्धिसंगै सामाजिक कृयाकलाप गर्नु राम्रो पक्ष भएको बताए । पूर्व अध्यक्ष एंव अटो ल्याण्ड व्यवस्थापन समिति संयोजक सनतकुमार भट्टराईले व्यवस्थीत पोखराका लागि अटोल्याण्ड आवश्यक रहेको बताए । एशोसियसनका प्रेस सल्लाहाकार कृष्ण थापाले सामाजिक गतिविधिमा एशोसियसनको भूमिका महत्वपूर्ण रहेको बताए ।
संस्थाका अध्यक्ष सानुमन जलारीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष मिश्र, महासचिव पुरुषोत्तम सुवेदी, कोषाध्यक्ष रत्नबहादुर थापा, डेडबहादुर गुरुङ्ग, भिमबहादुर पौडेल, छमबहादुर खत्री लगायतले बोलेका थिए ।
एशोसियसनले अटो मेकानिकसहरुलाई आवश्यकता अनुसार प्रविधियूक्त तालिमलाई महत्व दिदै आएको महासचिव पुरुषोत्तम भण्डारीले बताए ।






