डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म ९११ दिने०अल्टिमेटम दिएका छन् ।
सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा। केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन ।
डा.केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन्
त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकासप्राप्त उनले अब कहाँ अनशन बस्छन् भन्नेबारे खुलाएका छैनन् । आफू नेपाली नागरिक भएकाले नेपालको जुनसुकै कुनाकाप्चामा पुगेर पनि अनशन बस्नसक्ने उनको भनाइ छ । सिंगो नेपालीको स्वास्थ्य र शिक्षाको लागि लडेकाले जहाँ गए पनि जनताले सहयोग गर्ने उनले बताए ।
डा.केसीले सरकारले तोकिदिएको भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजहरुलाई फौजदारी मुद्दा लगाएर कारबाही गर्नुपर्ने माग राख्दै माफियाको खर्चमा प्रधानमन्त्री ओलीले आफ्नो उपचार गराइरहेको आरोप लगाएका छन् ।






