महरा प्रकरणको दिन : रोशनीका श्रीमान नेपालमै, मोवाइल लोकेशन काठमाडौंमै

महरा प्रकरणको घटना भएको दिन १२ असोजमा पीडित महिलाका श्रीमान् चित्रजंग शाही काठमाडौं बाहिर भएको बताइएको थियो । उनी उक्त दिन तनहुँ भएको बताइएको थियो ।

त्यसक्रममा प्रहरीले टेलिफोन गर्दासमेत उनले आफू पाल्पा भएको बताएको उच्च स्रोतले बतायो ।
तर ‘कल लोकसेन’ मा उनी काठमाडौंमै भएको देखिएको छ ।

उच्च स्रोतले भन्यो,‘उनको मोबाइल घटनापछि काठमाडौंमै एक्टिभ देखिएको छ । यसबाट उनले ढाँटेको जस्तो देखिन्छ । त्यो तथ्य पनि हामी केलाउँदैछौं ।’