राणा शासन अन्त्य गर्न शसस्त्र फौजसमेत बनाइएको थियो । त्यही फौजाका योद्धा चित्रबहादुर गुरुङको २९ औं स्मृति दिवस आइतबार पोखरामा मनाइएको छ ।
२००७ सालको मुक्ति सेनाका क्षेत्रीय कमान्डर गुरुङको शालिक पोखरा मुस्ताङचोकमा छ । शालिक स्थलमा आइतबार स्मृति दिवस समारोह आयोजना गरियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा कमिटी पोखरा १७ ले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले राणा शासन विरुद्धको आन्दोलनका अगुवा गुरुङको योगदान अविष्मरणीय भएको बताए । उनले गुरुङको स्मृति ग्रन्थ प्रकाशन गर्नेदेखि ऐतिहासिक योगदानलाई जोगाउन परिवार र पार्टीले ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुली, नेकपा पोखरा १७ का अध्यक्ष सुवास ढुंगाना, पोखरा १७ का वडा सदस्य शान्तादेवी गुरुङ, सचिव ईश्वरी लम्साल लगायतले बोलेका थिए ।






