नेपाली कांग्रेसका सांसद महोम्मद आलम पक्राउ

नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद  आलम २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको  हो।

आइतबार बिहान पौन ११ बजे पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।प्रहरीले आधिकारिक जानकारी नदिई केही वेरपछि सार्वजनिक गर्ने जानकारी दिएको छ ।