राष्ट्रपति सी होटल सोल्टी प्रस्थान


विमानस्थलको कार्यक्रम सकेर चिनियाँ राष्ट्रपति होटल सोल्टी प्रस्थान गरेका छन् । उनी विमानस्थलबाट साँझ ५ः४० बजे प्रस्थान गरेका हुन् ।

राष्ट्रपति सी होटल सोल्टीमा केहीबेर आराम गर्नेछन् । त्यसपछि उनको भेट नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग हुनेछ ।

त्यसपछि उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि शनिबारै भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि सी राष्ट्रपति भण्डारीले होटल सोल्टीमै उनको सम्मानमा आयोजना गरिने रात्रिभोजमा सरिक हुनेछन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं