सीको स्वागतमा कर्मचारीदेखि सर्वसाधारणसम्म सडकमा लामबद्ध (फोटोफिचर)


दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह सी उत्रिदा राष्ट्रपति विद्यादेवी भण्डारी नै स्वागतका लागि पुगेकी थिइन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तित्वहरु विमानस्थल स्वागतका लागि पुगेका थिए । 

सी विमानस्थलबाट बासको प्रवन्ध रहेको होटल सोल्टीमा जानेछन् । उनी होटल जाने रुटमा पनि भव्य स्वागतको तयारी गरिएको छ।  सीको स्वागतका लागि सडक छेउमा सरकारी कर्मचारी, विभिन्न पेशागत संघ-संगठन, सर्वसाधारणलगायत लामबद्ध रहेका छन् ।

सी पुग्ने रुट सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी हुँदै होटल पुग्नेछन् ।

शब्द र तस्वीर : रातोपाटी


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं