चिनियाँ मिडियामा काठमाडौं (फोटोफिचर)

चीनका राष्ट्रपति सी जिनपिङको आजबाट हुने नेपाल भ्रमणका बारेमा भइरहेको तयारीबारे चिनियाँ सञ्चार माध्यममा काठमाडौंको फोटोफिचर छापिएको छ । 

सरकारी मुखपत्र ग्लोबल टाइम्समा छापिएको फोटोफिचरमा नेपाल-चीन सम्बन्ध अमर रहोस्, जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसको अवसरमा बधाई लेखिएका स्वागतद्वारका तस्बिर पनि समेटिएका छन् ।

यस्तै काठमाडौको मुख्य भू–भागका सडकहरु पनि तस्बिरमा देखाइएका छन् । तस्बिर शेन विडुओले खिचेको जनाइएको छ ।