कांग्रेस धादिङ सभापति रमेश धमला सडक दुर्घटनामा घाइते


नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला मोटरसाईकल दुर्घटनामा परी घाईते भएका छन् ।

शुक्रबार साँझ ५ बजे नीलकण्ठ–१३, साङ्कोस, खुरपाखोलामा भएको एक कार्यक्रम सकेर धादिङवेशी फर्कदै गरेका धमला मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनाको कारण भने खुलाइएको छैन ।

धमला धादिङ अस्पतालमा सामान्य उपचार पश्चात् काठमाडौंको ग्राडी अस्पतालमा उपचारत छन् । उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको बताईएको छ । यो समाचार धादिङपोष्टले प्रकाशित गरेको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं