महरा प्रकरण : रोशनी शाहीले दिइन् यस्तो धम्की (विज्ञप्तिसहित)

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएका ससद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीले आफूलाई बन्धक बनाएर महराविरुद्ध उजुरी दिन लगाएको आरोप लगाएकी छिन् ।

उनले शुक्रबार विहान हस्तलिखित प्रेस विज्ञप्ती जारी गरेर महरा निर्दोष रहेको भनी आफूले १५ असोजमा प्रहरीमा दिएको निवेदन नै आधिकारिक भएको समेत बताएकी छिन् ।

उनले आफूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न खोजेको तर प्रहरीले रोकेको बताएकी छिन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थाको फाइदा लिंदै पत्रकार जवरजस्ती कोठामा आएर अन्तर्वार्ता लिएको र आफ्नो अनुमति विना प्रशारण गरेको आरोप समेत लगाएकी छिन् ।उनले आफ्नो अनुमति विना अन्तर्वार्ता सार्वजनिक भएको भन्दै साइबर क्राइम अन्तर्गत मुद्दा हाल्ने चेतावनी समेत दिएकी छिन् ।

हेर्नुस्, उनको वक्तव्य

हेर्नुस उनले असोज १५ गते प्रहरीमा दिएको निवेदन ।