ताजा समाचार

असाेज २५ गते २०७६

लाज छोप्न करोडौं खर्च

छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ । 

राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ । भत्किएका र जीर्ण संरचना र फोहर थुप्रिएका ठाउँ रंगीन ब्यानरले छोपिएको छ ।

अस्तव्यस्थ तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–बानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ ।

सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ । 

सडककिनारका बिजुलीका खम्बामा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीका तस्बिर राखिएका छन् । सडकमा चम्किला र कृत्रिम गेट बनाइएका छन् ।

पाहुना आउँदा भित्री कुरुपता छोप्न सडक र छेउछाउका संरचना सजाइएको हो । यो समाचार नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका हुन् ।


Loading...