असाेज २५ गते २०७६

ताजा समाचार

असाेज २५ गते २०७६

कोहली दोहोरो शतकको कीर्तिमानमा चौथो स्थानमा, पछि परे तेन्दुलकर



भारतीय क्रिकेट कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा दोहोरो शतकमा कीर्तिमान रचेका छन् ।

उनले दक्षिण अफ्रिकाविरुद्धको पुनेमा भइरहेको दोस्रो टेष्ट खेलमा नटआउट रहँदै २५४ रन बनाउँदै उक्त कीर्तिमान बनाएका हुन् । 

उनले अहिलेसम्म सात पटक दोहोरो शतक बनाएका छन् । उनी यो उपलब्धि हासिल गर्ने विश्वको छैटौं र भारतको पहिलो खेलाडी बनेका छन् ।

कोहलीले क्रिकेटका भगवान भनेर चिनिने भारतका सचिन तेन्दुलकर (६), वीरेन्द्र सहवाग (६) र अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङ (६) को कीर्तिमान तोडेका छन् । 

कप्तानको रुपमा सबैभन्दा बढी शतक बनाउने कीर्तिमान रचेका कोहलीले टेष्टमा २६ शतक बनाइसकेका छन् । उनले ८१ खेलमा ७०५४ रन बनाइसकेका छन् ।

कप्तानका रुपमा एक दिवसीयमा समेत गरी उनले ४० शतक बनाएका छन् । उनीभन्दा अगाडि अष्ट्रेलियाका कप्तान रिक्की पोन्टिङको ४१ शतक छ । 

३१ वर्षीय कोहलीले अझै केही वर्ष क्रिकेट खेल्ने नै छन् । त्यतिबेलासम्म अझ थुप्रै कीर्तिमान तोड्ने अनुमान गरिएको छ । 

दोहोरो शतक बनाउनेमा सबैभन्दा अगाडि सर डन ब्राडम्यान छन् । अष्ट्रेलियाका स्वर्गीय ब्राडम्यानले मात्र ५२ खेल खेलेका थिए र १२ वटा दोहोरो शतक बनाएका थिए । 

त्यसपछि पूर्व खेलाडी श्रीलंकाका कुमार सांगाकाराले १३४ खेलबाट ३८ शतक बनाउने क्रममा ११ वटा दोहोरो शतक बनाएका थिए ।

तेस्रो स्थानमा वेष्ट इन्डिजका पूर्व खेलाडी ब्रायन लारा छन् । उनले ९ वटा दोहोरो शतक बनाएका छन् । 

कोहलीको सात वटा शतकसंगै पूर्व खेलाडीहरु वाली ह्यामोन्ड र माहेला जयवर्दनेको पनि सात वटा शतक छ । यो कीर्तिमान कोहलीले सजिलै तोड्ने अनुमान गरिएको छ । 


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं