तालिममा भाग लिन तिमिल्सिना अमेरिका जाँदै

एमएफआइ रिसोर्सद्वारा आयोजना गरिएको सहरी विकासका लागि सुशासन तथा बित्तिय अनुशासन तालिममा सहभागी हुन पोखराका युवा नेता लक्ष्मण तिमिल्सिना शुक्रबार राति अमेरिका प्रस्थान गर्दै छन् । वासिङ्टन डिसीमा ३ दिनसम्म चल्ने सेमिनारमा अमेरिकी बिकास र सुसासनको अन्तरसम्बन्धबारे छलफल हुने बताइएको छ ।

एमएफआइ रिसोर्सद्वारा सन्चालन गरिने माइक्रो फिन सफ्ट्वेयर प्रयोग तथा सन्चालनसम्बन्धी कार्यक्रममा पोखरा वडा न २४ का अध्यक्ष ओम सुवेदी तथा नेफ्स्कुन शिक्षा बिभागका सदस्य तेजनारायण अधिकारी पनि जाँदै छन् । सुवेदी सहकारीकर्मीसमेत हुन् ।

कार्यक्रममा सहभागीहरु व्यक्तिगत आवेदनका आधारमा छानिएको हो । भ्रमणमा सहभागी हुनका लागि पोखराका २६ जनाले आवेदन दिएका थिए ।