साफ यू-१५ : नेपाल बंगलादेशसँग पराजित

साफ यू-१५ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको हो । बंगलादेशले खेलको पहिलो हाफमा दुई गोल गरेको थियो ।

बंगलादेशका लागि खेलको १२ औँ मिनेटमा साहेद अक्तर रिपाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको २५ औँ मिनेटमा बंगलादेशकी कप्तान सेमसुनहारले पेनाल्टीमार्फत गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।

यता नेपालका लागि खेलको ६४ औँ मिनेटमा अमिषा कार्कीले एक गोल फर्काइन् । नेपाल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोलले पराजित भएको थियो ।