नेपालखबर डटकमका सम्पादक कृष्ण ढुङ्गाना बिहिबार साँझ सडक दुर्घट्नामा परी गंभीर घाईते भएका छन्। उनको उपचार राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्षमा भैरहेको छ।
कार्यलयबाट घर फर्किने क्रममा ढुङ्गानालई त्रिपुरेश्वरमा ठक्कर दिएको थियो। उक्त ठक्करबाट उनी गंभीर घाईते भएका थिए।
उनको टाउकोमा चोट लागेको थियो। टउकोमा जमेको रगत निकाल्नकालागि उनको सल्यक्रिया गरिएको छ। उनको स्वास्थ्य सुधारउन्मुख भए पनि खतरामुक्त नरहेको चिकित्सकले जनाएका छन्।
बाटो काट्ने क्रममा उनलाई बा ३३ प २३७ नंबरको मोटरसाईकलले ठक्कर दिएको थियो। मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।






