ताजा समाचार

असाेज २४ गते २०७६

अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, ३० जनाको अवस्था गम्भीर

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटना हुँदा उक्त हताहती भएको हो । 

बसमा ५० जनाभन्दा बढी यात्रु रहेको र ३० जना गम्भीर घाइते रहेको बताइएको छ ।  घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हताहतीको संख्या बढ्न सक्ने स्थानीयको आंकलन छ । बस सडकबाट दुई सय मिटर तल खसेको छ ।

केही घाइते गम्भीर रहेको र उनीहरुको हेलिकप्टरबाट उद्धार कार्य सुरु गरिएको  सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

स्थानीयका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्नेछ ।


Loading...