‘महरा प्रकरणमा ओली, सुवास नेम्वाङ र ओनसरी घर्तीको षड्यन्त्र हुन सक्छ’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको बलात्कारको प्रयासको आरोपमा पार्टीको धारणा सार्वजनिक गरेको छ ।

पार्टीले सभामुख कृष्णबहारदुर महराको घटनामा आधा स्वयम्को कम्जोरी र आधा षडयन्त्र भन्ने सूचनाहरु प्राप्त भएको बताएको छ ।

अध्यक्ष गोपाल किराँतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी माओवाद छाडेर अभिजातवर्गीय संसदवादमा भाँसिएका प्रचण्डहरुलाई क्रान्तिकारी देख्नेहरु तथा गुटजन्य अन्तरर्घातको परिणामस्वरुप त्यो घटना घट्न पुगेको हुन सक्छ,’ पार्टीले भनेको छ, ‘इन्डो प्यासिफिक रणनीतिमा संलग्नताको मूल्य ५०० मिलियन अमेरिकी डलर संसदबाट अस्वीकृत गरे वापत रोशनी शाहीसँगको अनैतिक सम्बन्धको भर्याङ चडेर प्रधानमन्त्री केपी ओली तथा पूर्व सभामुख सुवास नेम्वाङले महरालाई धरापमा पारेका हुन्, भनिन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समय क्रमशः सभामुख रहेका सुवास नेम्वाङ र ओनसरी घर्ती नै संसद सचिवालयको कर्मचारीबारे जानकार तथा दुरुपयोगकर्ता हुन सक्ने विश्लेषणहरु छन् । यस सम्बन्धमा हाम्रो पार्टी बृहत जनस्तरीय छानबिनको माग गर्दछ ।’

देशको पक्षमा उभिएको हो भने त्यस सन्र्दभमा महराको सम्मान र एकनिष्ठ विवाह सिद्वान्त प्रतिकुल दोश्रो महिलासंग अनैतिक सम्बन्ध गरेकोमा सजाय हुनु पर्ने बताउँदै पार्टीले पीडित भएको सन्र्दभमा रोशनी शाहीले न्याय पाउनु पर्छ ।

‘तर राष्ट्रसेवक कर्मचारी भएर एकनिष्ठ विवाह सिद्वान्त प्रतिकुल दोश्रो पुरुषसंग अनैतिक सम्बन्ध गरेकोमा श्री शाहीलाई सजाय तथा देशी विदेशी दलालको मतियार बनेकी हुन् भने स्वतन्त्र छानबिन र भण्डाफोर गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।