पाँच राष्ट्र सम्मिलत टी–२० सिरिजमा आयोजक ओमानसँग नेपाल ६ विकेटले पराजित भएको छ । ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।
ओमानका सुरज कुमारले ४२ रन जोड । नेपालका लागि करण केसीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान १ विकेट लिएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएजोडेको थियो । नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सक्यो । आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे ।
ओपनरद्वय ईशान २ तथा पारस ५ रनमा आउट भएका थिए । यस्तै सन्दीप जोरा शुन्य रनमा पोलिलियन फर्किए भने सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ र अभिनाष बोहरा २ रनमा आउट भएका थिए ।
ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिएका थिए । हालसम्म तीन खेल खेलेको नेपालले २ मा जीत र २ खेलमा मा हारको सामना गरेको छ । हङकङ र नेदरल्याण्डलाई पराजित गरेको नेपाल आयरल्याण्ड र ओमानसँग पराजित हुन पुगेको हो ।




