ताजा समाचार

असाेज २३ गते २०७६

नेपाल ५-० गोलले पराजित

 नेपाली राष्ट्रिय फुटबल टोलीले बलियो प्रतिद्वन्दी अस्ट्रेलियाविरुद्ध सन्तोषजनक प्रदर्शन गरेको छ ।

विश्वकप फुटबल छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई कम गोल गर्नबाट रोकेको हो ।

अस्ट्रेलियाले नेपाली पोस्टमाथि गरेको निरन्तर प्रयास नेपाली गोलरक्षक तथा कप्तान किरण चेमजोङ तथा रक्षापंक्तिका खेलाडीले गरेका थिए ।

शारिरिक रुपमा सशक्त देखिने विपक्षीमाथि नेपाली टोलीको यो निकै राम्रो प्रदर्शन हो ।

फिफा विश्व वरीयतामा अस्ट्रेलिया ४४ औं स्थानमा छ । नेपाल भने अस्ट्रेलियाभन्दा १ सय १७ स्थान तल १ सय ६१ छ ।

अस्ट्रेलियाको जितमा म्याक्लारेनले ह्याट्रिक गरे । छैटौं मिनेटमा गोल गरेर अस्ट्रेलियालाई अग्रता दिलाएका उनले १९ औं तथा इन्जुरी समयमा गोल गरे ।

अस्ट्रेलियाका लागि साउटरले पनि २ गोल गरे । साउटरले २३ औं तथा ५९ औं मिनेटमा गोल गरेका हुन् ।


Loading...