नेपालको छैटौं विकेट पतन, आरिफ शेख २० रनमा आउट

पाँच राष्ट्र सहभागी टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको ओमानविरुद्धको खेलमा नेपालको छैटौं विकेट पतन भएको छ । छैटौं ओभरमा आरीफ शेख २० रन बनाए आउट भएका हुन् । 

पाँचौं ओभरमा विनोद भण्डारी र सन्दीप जोरा आउट भएका हुन । विनोदले चार रन बनाए भने सन्दीप जोराले खाता नै खोल्न सकेनन् । 

यसअघि  दिपेन्द्र सिहं ऐरी १० रन, ओनपर इसान पाण्डे दुई  र कप्तान पारस खड्का पाँच रनमा आउट भएका छन् ।