नेपालको पाँचौं विकेट पतन, विनोद र सन्दीप जोरा आउट

पाँच राष्ट्र सहभागी टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको ओमानविरुद्धको खेलमा नेपालको पाँचौं विकेट पतन भएको छ ।

पाँचौं ओभरमा विनोद भण्डारी र सन्दीप जोरा आउट भएका हुन । विनोदले चार रन बनाए भने सन्दीप जोराले खाता नै खोल्न सकेनन् । 

यसअघि दिपेन्द्रसिहं ऐरी १० रन, ओनपर इसान पाण्डे दुई र कप्तान पारस खड्का पाँच रनमा आउट भएका थिए । 

ओमानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । अल अम्रेट क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले जितका साथ सिरीजको सुखद अन्त्य गर्न चाहन्छ ।