नेपाललाई अर्को झड्का, पारस खड्का नै आउट

पाँच राष्ट्र सहभागी टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजको ओमानविरुद्धको खेलमा नेपाललाई अर्को झड्का लागेको छ ।

आशलाग्दा खेलाडी कप्तान पारस खड्का नै आउट भएका छन् । उनी ५ रनमात्र बनाएर आउट भएका छन् ।

योसंगै ३ ओभर सकिंदा २६ रन बनाएर नेपाल खेलिरहेको छ । ओमानले टस जितेर नेपाललाई पहिले व्याटिङको निम्तो दिएको हो ।

अल अम्रेट क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले जितका साथ सिरीजको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।