ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

पाँच राष्ट्र सहभागी टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमनविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

अल अम्रेट क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले जितका साथ सिरीजको सुखद अन्त्य गर्न चाहन्छ ।

जारी प्रतियोगितामा ओमान अंक तालिकाको शीर्ष स्थानमा छ । पछिल्लो समय ओमान नेपालको लागि चुनौती बन्दै आएको छ ।  

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्डमाथि चमत्कारिक जित निकालेको थियो ।