ताजा समाचार

असाेज २३ गते २०७६

२३ औं मिनेटमा नेपालले खायो तेस्रो गोल

अस्ट्रेलियाविरुद्ध नेपालले तेस्रो गोल खाएको छ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोली अस्ट्रेलियाले २३ औं मिनेटमा गोल गरेको हो ।

अस्ट्रेलियाको लागि डेब्यु गरेका सुटारले गोल गरे । यसअघि म्यालारेनले दुई गोल गरिसकेको छन् । खेल अस्ट्रेलियाको क्यानबेरास्थित जीयो रंगशालामा हुँदैछ ।

यसअघि विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७–० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो ।


Loading...