ताजा समाचार

असाेज २३ गते २०७६

नेपालले खायो १ गोल

अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो गोल खाएको छ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोली अस्ट्रेलियाले छैटौं मिनेटमा गोल गरेको हो ।

अस्ट्रेलियाको लागि म्याकलारेनले गोल गरे । खेल अस्ट्रेलियाको क्यानबेरास्थित जीयो रंगशालामा हुँदैछ । अस्ट्रलियाली खेलाडीले गरेको शक्तिाशाली प्रहार रोकपछि पाएको रिबाउन्डमा उनले गोल गरेका हुन् ।

यसअघि विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७–० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो ।


Loading...