ताजा समाचार

असाेज २३ गते २०७६

नेपालको प्लेइङ-११ : विमलको स्थानमा अभिषेक

अस्ट्रेलियाविरुद्धको खेलमा नेपाली टोलीबाट अभिषेक रिजालले सुरुवात गर्ने भएका छन् । खेलअघि सार्वजनिक प्लेइङ–११ मा विमल घर्तीमगरको स्थानमा रिजाल खेल्न लागेका हुन् । 

४–५–१ को फर्मेसनमा खेल्न लागेको नेपाली टोलीको एट्याक रिजालले सम्हाल्नेछन् । उनलाई मिडफिल्डबाट सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट, विशाल राई र रवि पासवानको साथ हुनेछ । नेपाली टोलीको रक्षापंक्तिमा रञ्जित धिमाल, देवेन्द्र तामाङ, दिनेश राजवंशी, अनन्त तामाङ रहेका छन् भने गोलरक्षक कप्तान किरण चेमजोङ रहनेछन् । 

नेपाली राष्ट्रिय फुटबल टिम अस्ट्रेलियाविरुद्ध उसकै घरेलु मैदानमा खेल्न लागेको हो । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाल बलियो मानिएको टोलीसँग खेल्दैछ ।

अस्ट्रेलियाको क्यानबेरास्थित जीयो रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ । 


Loading...