ताजा समाचार

असाेज २३ गते २०७६

शीर्ष स्थानको ओमानसँग भिड्दै नेपाल, सिरिज जित्‍न कठिन

पाँच राष्ट्र सहभागी टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले शीर्ष स्थानमा रहेको ओमानको सामना गर्दैछ ।

दुई खेलमा जित र एकमा हार बेहोरेको नेपालले अपराजित आयोजकसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

जारी सिरिज जित्न नेपाललाई आजको खेलमा अनिवार्य जित आवश्यक छ, त्यो पनि ठूलो अन्तरले ।

तीन खेलबाट ६ अंक जोडेको ओमान शीर्ष स्थानमा रहँदा उसको नेट रनरेट २.११ सहित शीर्षस्थानमा छ । आयरल्यान्डसँग हारेको नेपालको भने नेट रनरेट माइनस ०.०५ रहेको छ ।

अल अम्रेट क्रिकेट मैदानमा नेपाल ओमानबीचको खेल नेपाली समयअनुसार बिहान ३ः१५ बजे सुरु हुनेछ । पछिल्लो समय ओमान नेपालको लागि चुनौती बन्दै आएको छ ।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्डमाथि चमत्कारिक जित निकालेको थियो । नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ ।


Loading...