ताजा समाचार

असाेज २३ गते २०७६

घरमै लडेर चौधरीको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

केही समयदेखि चौधरी मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 


Loading...