ताजा समाचार

असाेज २३ गते २०७६

कसले च्यात्यो फ्ल्याक्स ?

राष्ट्रपति सी भएर चल्ने रुटमा थुप्रै फ्ल्याक्स राखिएका छन् । त्यसैगरी तीन दर्जन गेटहरु बनाइएको छ । 

तीनकुनेमा एउटा फ्ल्याक्स च्यातिएको छ । यो कसले च्यात्यो । डीएसपी बोगटीले दशैको दिन मंगलबार कुनै गलत इन्टेन्सन नभई मापसे गरेको एक जनाले फ्ल्याक्स च्यातेको बताए । 

जड्याहा गोपाल कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा कुनै अन्य इन्टेन्सन नदेखिएको बताए । 

त्यसैगरी बुधबार पनि फ्ल्याक्स च्यात्ने रौतहटका राजकुमार ठाकुरलाई नियन्त्रणमा लिइएको डीएसपी बोगटीले बताए । कुनै समूह वा विद्रोही विशेषले नच्यातेको पनि उनले बताए । 

बानेश्वर प्रहरी प्रभागका डीएसपी दुर्गाराज रेग्मीले जड्याहाले च्यातेको फ्ल्याक्समा बुधबार ठाकुरले औंला छिर्ने प्वाल देखेपछि त्यसमा औंला छिराएर च्यातेको तर कुनै अन्य गतिविधिले नभएको बताए । प्रश्न फेरि पनि तेर्सिन्छ कि च्यातिएको फ्ल्याक्स आखिर किन राखिएको छ ? 


Loading...