श्रीमानको हत्या आरोपमा आमा र छोरा पक्राउ


आफ्नै बुवाको कुटपिट गरि  हत्या  गरेर  फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ  । 

पक्राउ पर्नेमा  सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी  २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको  प्रहरी नायव उपरीक्षक तिलक भारतीले  बताए । 

पारिवारीक बिवादका कारण दुई दिन अघि  आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो। गफुर पमरियाको मृत्यु थियो ।  मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए  । 

पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा  संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए । 

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ  । यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको  छ  । रासस


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं