ताजा समाचार

असाेज २१ गते २०७६

राष्ट्रपति भण्डारीले लगाइन् विजयादशमीको टिका

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टिका लगाएकी छन् । उनले मंगलबार दिउँसो आफन्तबाट दशैंको टिका लगाएकी हुन् ।

आफूले टिका लगाएपछि उनले पुजारी, आफन्त लगायतलाई टिका लगाइदिइरहेकी छन् ।

राष्ट्रपति भण्डारीले दिउसो २ बजेपछि विशिष्ठ व्यक्तित्वलाई पनि टिका लगाइदिने कार्यक्रम छ ।


Loading...