ताजा समाचार

असाेज २१ गते २०७६

महरा प्रकरण खुलाशा गर्ने पत्रकार अजयवावु सिवाकोटी पुरस्कृत हुँदै

समाचारमार्फत कृष्णबहादुर महराको प्रकरण खुलाशा गर्ने पत्रकार अजयवावु सिवाकोटी पुरस्कृत हुने भएका छन् ।

उनलाई नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरिएको सो संस्थाबाट जारी गरिएको वक्तव्यमा जनाइएको छ ।

यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ। ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७,२०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ।

हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुव्र्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो।


Loading...