ताजा समाचार

असाेज २१ गते २०७६

दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत

बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी पशुबलि दिएर दशैँ मनाइरहेका बेला बौद्धधर्मावलम्बी भने फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिरहेका छन् ।

उनीहरु दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन् ।

दशँैमा बलि दिइएका पशुपक्षीको आत्माको शान्तिका लागि  बौद्धधर्मावलम्बीले मौन ब्रत  बसी धादिङका १९ गुम्बामा ध्यान गरिरहेको लामा गुरु कर्मदोर्जे लामा बताउँछन् । 

जीवनमा जानी वा नजानी गरिएका कुकर्म र  पापबाट मुक्त हुने विश्वासका साथ  बौद्धधर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ ।

ङ्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपसना हो । बौद्ध धर्मावलम्बी विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् ।  दशैँमा बस्ने न्युङने व्रतको भने छुट्टै महत्व रहेको लामाको भनाइ छ । 

पहिले पहिले गुम्बामा लामागुरुहरु मात्र न्युङ्ने ब्रत बस्ने गर्थे  तर हिजोआज युवा र  बालबालिका पनि उत्सुकताका साथ न्युङ्ने बसिरहेका छन् ।

न्युङ्ने बस्दा आफूले चाहेको कामना पूरा हुने र परिवारमा समेत सुखशान्ति हुने विश्वास रहेको १० वर्षीय सबुत तामाङको भनाइ छ । 


Loading...