नेपालको दोस्रो विकेट पतन, आरिफ सस्तैमा आउट

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले दास्रो विकेट गुमाएको छ ।

नेपाली टिमको स्कोर २९ छँदा लागि तीन नम्बरमा ब्याटिङ गर्न आएका आरिफ सेख सस्तैमा आउट भएका हुन् । 

उनले ६ बलमा २ रनमात्र बनाए । आरिफको विकेट कोलिन एकरमानले लिए । यसअघि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका पवन सर्राफ १६ बल खेलेर ९ रनमा आउट भएका थिए ।

यसअघि नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रनको मद्दतमा पहिले प्याटिङ गरेको टिमले १३३ रन बनाएको थियो ।