नेपालको पहिलो विकेट पतन, पवन आउट

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दास्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपाली टिमको स्कोर २५ छँदा लागि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका पवन सर्राफ १६ बल खेलेर ९ रनमा आउट भएका हुन् ।

छैटौं ओभरको अन्तिम बलमा पेभिलियन फर्किएका सर्राफको विकेट नेदरल्यान्ड्सका एडवार्ड ग्द्लोभरले झारे ।

यसअघि नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रनको मद्दतमा पहिले प्याटिङ गरेको टिमले १३३ रन बनाएको थियो ।

नेपालका लागि करन केसीले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट, सन्दिप लामिछानेले चार ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट तथा ललित नारायण राजवंशीले एक विकेट लिएका थिए ।