पावर प्ले सकिँदा दुई विकेटको क्षतिमा नेदरल्यान्ड्सको ५१ रन

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दास्रो खेलको पावर प्ले सकिँदा नेदरल्यान्ड्सले दुई विकेटको क्षतिमा ५१ रन बनाएको छ । 

टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्यटिङमा आएको नेदरल्यान्ड्सले पहिलो छ ओभरमा राम्रो ब्याटिङ गरेको हो । नेपालका लागि सन्दिप र करनले एक–एक विकेट लिएका छन् ।

पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा आयरल्यान्डसँग हार बेहोरेको नेदरल्यान्डस भने पहिलो जितको खोजीमा छ ।