ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी-ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दास्रो खेलमा नेपालले सुखद सुरुवात गरेको छ ।
टस जितेर फिल्डिङ गरेको नेपालका लागि दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका हुन् ।सन्दिपले गसगली बलमार्फत् नेदरल्यान्ड्सका टोबियास भिसीलाई बोल्ड गरे ।
पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा आयरल्यान्डसँग हार बेहोरेको नेदरल्यान्डस भने पहिलो जितको खोजीमा छ । खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुँदैछ ।




