ताजा समाचार

असाेज १९ गते २०७६

महरा प्रकरण : निष्पक्ष छानबिन गर्न प्रचण्डकाे आग्रह

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको विषयमा निष्पक्ष छानबिन गर्न गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आइतबार बिहान गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर उक्त प्रकरणको निष्पक्ष छानबिन गर्न आग्रह गरेको बताइएको छ।

महरामाथि निष्पक्ष अनुसन्धान गरेर दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न गृहमन्त्रीलाई अध्यक्ष प्रचण्डले आग्रह गरेको स्रोतले जनाएको छ।

पार्टीबाट कुनै पनि दबाब नआउने र सरकारी सुरक्षा निकायले गरेको छानबिनलाई पार्टीले सघाउने पनि प्रतिबद्धता व्यक्त गरेका थिए।

गृहमन्त्री थापाले नेपाल प्रहरीले उक्त प्रकरणको छानबिन गरिरहेको अध्यक्ष प्रचण्डलाई जानकारी दिएका थिए।


Loading...