रोशनी शाहीको दोहोरो चरित्र : पहिले पिता समान, अहिले किटानी जाहेरी

सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि पीडित भनिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाहीले महरा आफ्नो बाबु समान भएको भन्दै आफैंले दिएको सूचनाको खण्डन गरेकी थिइन् ।

रोशनी शाहीमाथि महराले जबरजस्ती करणीको प्रयास गरेको समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारमा संलग्न भिडियो कुराकानीमा रोशनीले आफू्माथि महराले दुर्व्यवहार गरेको बताएकी थिइन् ।

आफूमाथि बलात्‍कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । 

आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीलाई समेत खबर गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।  

तर, एकाएक रोशनीले घटनालाई ‘यु-टर्न’ दिइन् । उनले शुक्रबार जबरजस्ती करणी उद्योगमा महानगरीय प्रहरी वृत बानेश्वरमा महराविरुद्ध किटानी जाहेरी दिइन‍् ।

लिखित उजुरी नआएकोले कारबाही अघि बढाउन नसकिएको भन्दै आएको प्रहरीले त्यसछि कारवाही प्रक्रिया अघि बढायो । त्यसअघि नै उनले आफ्तै पति चित्रजंग शाहीसँग कानुनी रुपमा सम्बन्ध विच्छेद गरिसकेकी थिइन् । 

घटना सार्वजनिक भएको एक सातापछि आतइबार काठमाडौं जिल्लाका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेका हुन् । उक्त पुर्जीका आधारमा प्रहरीले आइतबार बेलुका नै महरालाई पक्राउ गरेको हो ।