ताजा समाचार

असाेज १९ गते २०७६

पहिलो बलमै पारस आउट

ओमानमा जारी टि–ट्वान्टी क्रिकेटमा हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ । नेपालका लागि ओपनिङ गर्न आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका छन् । पहिलो ओभरमै पहिलो बलमा पारस क्याच आउट हुन पुगे ।

टस जितेर नेपालले हङकङलाई पहिले व्याटिङको निम्तो दिएको थियो । निर्धारीत २० ओभरमा हङकङले ६ विकेट गुमाउँदै १२५ रन बनायो ।

नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले हङकङका सुरुवाती तीन विकेट एकै ओभरमा लिएका थिए । करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट हात पारे ।

ओमानले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ । 


Loading...