ताजा समाचार

असाेज १९ गते २०७६

नेपाललाई १२६ रनको लक्ष्य, करन केसीको उत्कृष्ट बलिङ

हङकङले नेपालविरुद्धको टि–ट्वान्टी खेलमा पहिले ब्याटिङ गर्दै १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । 

निर्धारित २० ओभरमा हङकङले ६ विकेट गुमाउँदै १२५ रन बनायो । नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले हङकङका सुरुवाती तीन विकेट एकै ओभरमा लिएका थिए ।

करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट हात पारे । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

ओमानले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ । 


Loading...