ताजा समाचार

असाेज १९ गते २०७६

आयरल्यान्डमा हाबी हुँदै ओमान शीर्षस्थानमा

ओमानले आयोजना गरेको पाँच राष्ट्र सम्मिलित टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा ओमनले दास्रो जित निकालेको छ । नेपालसहित पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको तेस्रो खेलमा आयोजक ओमानले आयरल्यान्डलाई ४३ रनले हराएको हो ।

ओमानले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १६.२ ओभरमा १ सय ३० रनमा समेटियो । खेलमा ओमानका बलरले कसिको बलिङ गरेपछि आयरल्यान्ड सस्तैमा रोकिएको हो ।

जितसँगै ओमान तालिकाको शीर्षस्थानमा पुगेको छ । ओमानको दुई खेलबाट दुई जितसहित चार अंक छ । समान खेलबाट एक जित निकालेको आयरल्यान्डको २ अंक छ । नेदरल्यान्डस् र हङकङ एक–एक खेलमा जितविहिन रहेका छन् ।

आइतबारको खेलमा निर्धारित २० ओभरमा ओमानले ९ विकेट गुमाउँदै १ सय ७३ रनको योगफल तयार पारेको थियो ।

ओमानका लागि आमिर कलिमले २७ बलबाट सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै ओपनर जतिन्दर सिंहले ३९ बलबाट ४० रन बनाएका थिए । आयरल्यान्डका लागि मार्क एडेर र स्टुवार्ड थोम्सनले २–२ विकेट लिए ।

१ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड सस्तैमा समेटियो । यसका लागि केभिन ओब्रायनले ३९ रन बनाए पनि त्यो पर्याप्त हुन सकेन । ओमानका लागि महम्मल नदिम र खवार अलीले ३–३ विकेट लिए ।
सिरिजमा अहिले नेपाल र हङकङ भिड्दैछन् । नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।


Loading...