हङकङले नेपालविरुद्धको टि–ट्वान्टी खेलमा कमजोर सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ५ ओभरको समाप्तिमा एक विकेटको नोक्सानीमा ४१ रनमा तीन विकेट गुमाएको छ । तीनवटै विकेट करन केसीले लिएका हुन् ।
ओमानले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ ।




