ताजा समाचार

असाेज १९ गते २०७६

प्रधानमन्त्री ओली भोलि झापा जाँदै

प्रधानमन्त्री केपीशर्मा ओली भोलि अर्थात दसैंको नवमीको दिन गृह जिल्ला झापा जाने भएका छन् । झापामा आयोजित दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली गृहजिल्ला झापा जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन् । 

त्यसैगरी प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिने कार्यक्रम छ ।प्रधानमन्त्री ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ ।

प्रेस सल्लाहाकार अर्यालका अनुसार यस वर्षको बडा दसैंका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीहरु, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउनुहुने कार्यक्रम तय भएको छ । 

यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ । हाल अन्य दिनका लागि कार्यक्रम तय नगरिएको प्रेस सल्लाहकार अर्यालले जानकारी दिए । 


Loading...