ताजा समाचार

असाेज १९ गते २०७६

टोटनह्यामको अर्को लज्जास्पद हार, अर्को रेकर्ड

इङ्ग्लिस प्रिमियर लिगमा शनिबार ब्राइटन एण्ड होभ एल्बियनसँग ३–० को लज्जास्पद हार बेहोर्ने क्रममा टोटनह्यामले फेरि अर्को रेकर्ड बनाएको छ ।

ब्राइटनलाई जीत दिलाउन एरोन कोनोलीले दुई तथा निल माउपेले एक गोल गरे । यो पराजयसँगै स्पर्स सन् २०१९ मा शीर्ष लिगमा सबैभन्दा बढी हार बेहोर्ने टोली बनेको हो ।

चार दिनअघि मात्र च्याम्पियन्स लिगमा स्पर्स आफ्नो घरेलु मैदानमा ७–२ को शर्मनाक हार बेहोरेको थियो । क्लबको १३७ वर्ष लामो इतिहासमा यो सबैभन्दा ठूलो अन्तरको पराजय थियो ।

अहिले प्रियिमर लिगमा स्पर्स आठौँ स्थानमा रहेको छ भने शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १३ अंकले पछि परेको छ ।

घरेलु मैदानबाहिर स्पर्सले जित निकाल्न नसकेको ९ महिना भइसकेको छ । सन् २०१९ मा मात्र सबै प्रतियोगितामा १७ खेल हारिसकेको छ ।

टोटनह्यामको खराब फर्मका कारण म्यानेजर माउरिसियो पोचेटिन्होलाई बर्खास्त गर्ने चर्चा समेत चल्न थालेको छ । तर, पोचेटिन्होले आफू यस कुराबाट चिन्तित नरहेको बताएका छन् ।


Loading...